१२ बैशाख २०८१, बुधबार

बालिकालाई बलात्कार गर्ने ५३ वर्षीय बृद्ध पक्राउ



काठमाडौं । एघार वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले कृष्णपुर नगरपालिका ४ क्याम्पस टोल बस्ने ५३ वर्षीय धन बहादुर गुरुङलाई पक्राउ गरेको छ ।

गुरुङले ती बालिकालाई ललाई फकाई जबरजस्ती करणी गरेको उजुरी पछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !