१२ बैशाख २०८१, बुधबार

आज सुनको मूल्य कति ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

आज छापावाल सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य तोलाको ९२ हजार ७०० रुपैयाँ कायम भएको छ । सोमबार तोलामा ७ सय रुपैयाँले घटेको सुनको मूल्य आज भने स्थिर रहेको महासंघले जनाएको छ ।

आज चाँदी मूल्य पनि घटेको छ । तोलामा १० रुपैयाँ घटेको चाँदी आज १ हजार ३५५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३६५ रुपैयाँमा कारोबार भएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !