२० बैशाख २०८१, बिहीबार

आजको कोरोना अपडेटः २ हजार ७४५ संक्रमित, ४१ जनाको मृत्यु, ४ हजार १८७ जना डिस्चार्ज



 

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ७४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ४४९ जनाको पीसीआर परीक्षणबाट १ हजार ६८१ र ५ हजार ८४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार ६४ जना गरी २ हजार ७४५ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधिमा देशभरका विभिन्न अस्पतालबाट ४ हजार १८७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । निको हुने दर ८८.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !