६ बैशाख २०८१, बिहीबार

बागमती प्रदेश सरकारले ५७ अर्ब ७२ करोडको बजेट विनियोजन, कुन क्षेत्रमा कति ?



 

काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ का लागि बागमती प्रदेश सरकारले ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

मंगलबार प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले आगामी आर्थिक वर्षका लागि ५७ अर्व ७२ करोड ९ लाख २७ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका हुन् ।

बजेटमा पूँजीगत तर्फ २९ अर्व १ करोड ७७ लाख ४३ हजार रुपैयाँ, चालुतर्फ २६ अर्व १ करोड ४६ लाख २३ हजार रुपैयाँ र वित्तीय तर्फ २ अर्व रुपैयाँ विनियोजन गरिएको छ ।

बजेटमा कोरोना नियन्त्रण तथा रोकथाम र उपचारलाई प्राथमिकताका साथ राखिएको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले २ अर्ब बजेटको व्यवस्था गरेको छ ।

प्रदेश सरकारले लागू गरेको ‘एक विद्यालय एक नर्स’ कार्यक्रमअन्तर्गत २६ करोड रकम विनियोजन गरेको छ ।

पुरा बजेट हेर्न तल क्लिक गर्नु होस् ः

Budget Speech 2078 -03-01

 



प्रतिक्रिया दिनुहोस !