१० बैशाख २०८१, सोमबार

लुम्बिनी प्रदेश सरकारले ल्यायो ४० अर्ब ९५ करोडको बजेट



 

काठमाडौं ।  लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८/७९ ४० का लागि अर्ब ९५ करोड ९७ लाख बजेट ल्याएको छ । आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले प्रदेशसभामा पेश गरेको बजेटमा चालुतर्फ १४ अर्ब ९३ करोड ७३ लाख र पूँजीगततर्फ २१ अर्ब १७ करोड ९९ लाख ६१ हजार रुपैयाँ विनियोजन गरिएको छ

लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षमा ३६ अर्व ३५ करोड २५ लाख रुपैया बजेट रहेको थियो । चालुतर्फ १२ अर्ब ५९ करोड २४ लाख, विकासतर्फ १८ अर्ब ६१ करोड २४ लाख र अन्तर सरकारी वित्त हस्तान्तरणतर्फ ५ अर्ब १४ करोड बजेट विनियोजन भएको थियो । राष्ट्रिय योजना आयोगले प्रदेशको कुल गार्हस्थ्य उत्पादन दर चालु वर्षमा ३ दशमलव ९ प्रतिशत पुग्ने प्रक्षेपण गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !