१४ बैशाख २०८१, शुक्रबार

झन्डै ५० अंकले बढ्यो नेप्से



काठमाडौं । नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा ४९.१७ अंकले बढेको छ ।

आज ११ बजे २०१२.८७ को बिन्दुबाट सुरु भएको कारोबार ४ घण्टाको अवधिसम्म आउँदा २.४४ प्रतिशतले बढेको हो । आज नेप्सेमा सुरुवात बाट नै पुनः रौनकता आएको छ । नेप्से परिसुचक अन्तिम समयसम्म बढ्दो घट्दो क्रममा बढी रहेको थियो ।

कारोबारका १२ उपसमुहमध्ये नेप्से करिब ५० अंकले बढ्दा पनि दुई उपसमुह भने रातोमै कायम रहेका छन् । होटल सेक्टर १९.२८ प्रतिशत र विकास बैंक ०.७५ प्रतिशतले घटेका हुन् ।

कारोबारको अन्तिम समय सम्म कारोबारमा आएका २०८ कम्पनिको ९९ लाख १० हजार ३ कित्ता शेयर ३९ हजार ९३५ पटक खरिद बिक्री हुँदा ४ अर्ब ४४ करोड ६२ लाख २२ हजार बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये शिभम् सिमेन्ट लिमिटेडले ३४ करोड ४४ लाख बराबरको कारोबार गर्दै उच्च स्थानमा रहेको छ ।



प्रतिक्रिया दिनुहोस !