१६ चैत्र २०८०, शुक्रबार

श्रीमतीलाई जिउँदै जलाउन खोजेको आरोपमा श्रीमान् पक्राउ



 

डोटी । डोटीको आदर्श गाउँपालिका–४ रोडिङ्गे गाउँकी २८ वर्षीय लक्ष्मी भाटलाई जलाएर जिउँदै मार्न खोज्ने श्रीमान् सन्तोष भाटलाई प्रहरीले पक्राउ गरेको छ ।

लक्ष्मीका श्रीमान भाटले गत जेठ १२ गते आफ्नै घरमा सुतिरहेको बेला प्रज्वलनशील पदार्थ छर्केर आगो लगाउँदा उनीसहित नाबालक छोरी जलेर गम्भीर घाइते भएकी थिइन् ।

छोरी र श्रीमती घाइते भएलगत्तै फरार भएका भाटलाई कैलाली र जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएका प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुखले जानकारी दिए ।

पक्राउ परेका भाटलाई जिल्ला अदालत डोटीबाट ६ दिनको हिरासतमा राख्ने अनुमति लिई थप अनुसन्धान कार्य अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

घाइते लक्ष्मीलाई तत्कालीन वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेको पहलमा गएको गत जेठ १७ गते हेलिकप्टरबाट काठमाडौ ल्याइ कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !