४ बैशाख २०८१, मंगलवार

असार २५ सम्म कर वुझाउन सरकारको आग्रह



 

काठमाडौं । आन्तरिक राजस्व विभागले मुल्य अभिवृध्दि कर आगामी असार २५ गते सम्म वुझाउन आग्रह गरेको छ। आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरी कर विवरण तथा कर दाखिला गर्ने म्याद असार २५ गतेसम्म तोकेको हो ।

गत चैत र वैशाखको मासिक तथा गत चैत र वैशाको द्वामासिक अवधिको मुल्य अभिवृध्दि कर विवरण र सो विवरण बमोजिमको कर दाखिल गर्ने म्याद असार २५ गतेसम्म भएको विभागले जनाएको छ। यसैगरी सोही अवधिमा अग्रिम करकट्टी भएको रकम र विवरण पनि सोही मितिसम्ममा बुझाउनु पर्नेछ।

यसैगरी सोही अवधिको अन्तशुल्कका साथै शिक्षा सेवा शुल्क टेलिफोन स्वामित्व शुल्क र दुरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद पनि असार २५ गतेसम्म तोकिएको छ।

 

 



प्रतिक्रिया दिनुहोस !