१६ चैत्र २०८०, शुक्रबार

आज ११०० ले घट्यो सुनको मूल्य



 

काठमाडौं । आज नेपाली बजारमा सुनचाँदीको मूल्य तोलामा ११०० रुपैयाँले घटेको छ ।

हिजो ९३ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ११०० रुपैयाँले घटेर ९२ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, महासंघका अनुसार चाँदी पनि आज २० रुपैयाँले घटेर प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !