१५ चैत्र २०८०, बिहीबार

काठमाडौं महानगरले मेलाम्चीको बाढीपीडितलाई २ करोड सहयोग गर्ने



 

काठमाडौं । सिन्धुपाल्चोक मेलाम्ची र इन्द्रावती नदी आएको बाढीमा परी पीडितहरुका लागि काठमाडौं महानगरपालिकाले दुई करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

बिहिबार बसेको ९ औं अधिवेशन तथा नगरसभाको बैठकले पीडितका लागि राहत स्वरुप उक्त रकम दिने निर्णय भएको कार्यपालिका एक सदस्यले जानकारी दिए ।

एक साता देखि परेको पानीले मंगलबार राती देखि बुधबार विहान मेलाम्ची र इन्द्रावती नदीमा बाढी आउदाँ सात जनाको मृत्यु भएको थियो भने २० जना वेपत्ता छन् ।



प्रतिक्रिया दिनुहोस !