१३ बैशाख २०८१, बिहीबार

माधव समूहले बोलायो स्थायी कमिटी बैठक



 

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले स्थायी कमिटी बैठक बोलाउनु भएको छ । नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको भर्चुअल बैठक बोलाउनु भएको हो ।

बैठक केहीबेरमा सुरु हुँदैछ । बैठकमा वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना गरिने, बाढी/पहिरो लगायतका विषयमा छलफल गरिने एक नेताले जानकारी दिए ।

नेता खनाल स्वास्थ्योपचारको लागि यतिवेला भारतको नयाँ दिल्लीमा छन् । उनलाई हिजो अपरान्ह दिल्ली लगिएको हो ।



प्रतिक्रिया दिनुहोस !