१५ चैत्र २०८०, बिहीबार

दीपक मनाङेसहित मुख्यमन्त्री पोखरेल राहत लिएर पुगे मनाङ



 

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल राहत लिएर मनाङ पुगेका छन् । बिहीबार दिउँसो मुख्यमन्त्री पोखरेल, मन्त्री राजीव गुरुङ (दीपक मनाङे) र मनाङकै सांसद चिन्तबहादुर घले मनाङ पुगेका हुन् ।

उनीहरू बाढीले सबैभन्दा धेरै प्रभावित क्षेत्र चामे र नासोँ गाउँपालिकाका स्थानीयलाई तत्कालका लागि त्रिपाल, चिउरा, औषधि, चाउचाउलगायत सामग्री लिएर नेपाली सेनाको हेलिकोप्टरमा गएका हुन् ।

गत सोमबार आएको बाढीले मनाङको चामेबजार र नासो गाउँपालिकाको तालगाउँमा क्षति पुर्‍याएको छ । मनाङका एक हजार जना विस्थापित भएको प्रारम्भिक अनुमान छ ।

बाढीले जिल्लाभरका ५३ घरमा अहिलेसम्म क्षति पुर्‍याएको जिल्ला प्रशासन कार्यालय मनाङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !