११ बैशाख २०८१, मंगलवार

आज नेपालको कोरोना अपडेट यस्तो छ



 

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ६८ जनामा कोरोना संक्रमण देखिएको छ। देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७११ जनाको पीसीआर परीक्षणबाट १ हजार ७६८ र ४ हजार ७७३ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८३९ जना गरी २ हजार ६०७ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

२४ घण्टामा ३९ जनाको मृत्यू भएको छ। कोरोनाबाट अहिले सम्म ८ हजार ५ सय ९७ जनाको मृत्यू भएको  मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा निको भएर अस्पतालबाट घर जानेको संख्या २ हजार १ सय ४१ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !