७ बैशाख २०८१, शुक्रबार

नेपाल समूहले प्रकोप उद्धार र पुनर्स्थापनाका निम्ति विशेष कार्यदल गठन, संयोजकत्वमा गंगालाल तुलाधर



 

काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल समूहले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनाका निम्ति विशेष कार्यदल गठन गरेको छ । पोलिट्ब्यूरो सदस्य गंगालाल तुलाधरको संयोजकत्वमा उद्धार, राहत र पुनर्स्थापनामा जुट्न विशेष कार्यदल गठन गरिएको जनाइएको छ ।

आज बसेको स्थायी कमिटी बैठकले प्रकोपमा परेकाहरुको उद्धार र पुनर्स्थापनामा जुट्न कार्यकर्ता पंक्तिलाई आह्वान गरेको थियो । बैठकपछि जारी वक्तव्यमा उद्धार र पुनस्र्थापनाबारे दीर्घकालीन रणनीति र योजना बनाउन तुलाधरको संयोजकत्वमा विशेष कार्यदल बनाइएको उल्लेख छ ।

 

 



प्रतिक्रिया दिनुहोस !