११ बैशाख २०८१, मंगलवार

सुरू भयो कांग्रेसको केन्द्रीय समिति बैठक



 

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक केहीसमय अघि सुरू भएको छ।

बैठक शुक्रबार दिउँसो १ बजेका लागि बोलाइए पनि दुई घण्टा ढिलो बैठक सुरू भएको हो ।

केन्द्रीय समिति बैठकअघि शीर्ष नेताहरू छलफलमा जुटेका थिए।

कांग्रेसमा १४ औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म गर्ने प्रस्ताव छ। तर कोरोना महामारी चलिरहेको अवस्थामा कसरी महाधिवेशन गर्ने भन्नेमा भने यकिन भइसकेको छैन।

 



प्रतिक्रिया दिनुहोस !