१३ बैशाख २०८१, बिहीबार

प्रदेश अध्यक्ष यादवका परिवारलाई नेपाल लोकतान्त्रिक खेलकुद संघद्धारा एक लाख रुपिँया प्रदान



काठमाडौं । नेपाल लोकतान्त्रिक खेलकुद संघले कोरोनाबाट मृत्यु भएका संघका २ नम्वर प्रदेश समिति अध्यक्ष वैजनाथ यादवको परिवारलाई १ लाख रुपिँया दिएको छ ।

नेपाली कांग्रेसको भातृ संघका रुपमा रहेको संघले पदाधिकारी तथा सदस्यहरुबाट संकलन गरेको सो रकम आज यादवका आफन्त पप्पुकुमार यादवलाई चेक हस्तान्तरण गरिएको संघका सचिव मनिष जोशीले जनाए । यादवको जेष्ठ २ गते निधन भएको थियो, उनका श्रीमती र एक छोरा रहेका छन् । महाराजगंजमा आयोजित एक कार्यक्रममा संघका केन्द्रीय सचिव जोशी, केन्द्रीय उपाध्यक्ष विजेन्द्र हमाल, वागमती प्रदेश अध्यक्ष दीपक गुरुङ, गण्डकी प्रदेशका अध्यक्ष हरिश्वर पोखरेलसहित पदाधिकारी र केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको थियो । सचिव जोशीले अहिलेसम्म १ लाख ३५ हजार रुपिँया संकलन भएको र यसपछि पनि उठेको रकम थप गरी यादवकै घरमा पुगेर फेरि पनि बाँकी रकम हसतान्तरण गरिने जनाए ।

नेपाली कांग्रेसको खेलकुद विभाग प्रमुख तथा पूर्वमन्त्री मोहनबहादुर वस्नेतले २५ हजार रुपिँया, महासचिव सुवोध प्रधानले १५ हजार रुपिँया, जोशीले १० हजार रुपिँया, संघका अध्यक्ष देवेन्द्र शेरचनले १० हजार रुपिँया, राजेश गुरुङले ११ हजार रुपिँया सहयोग गरेका थिए । जोशीले संघका पदाधिकारी, केन्द्रीय सदस्य तथा शुभेच्छुकहरुले पनि रकम उपलव्ध गराएको जनाए । संघले प्राकृतिक विपत्ति परेका विभिन्न स्थानमा पुगेर सक्दो सहयोग गर्दै आएको छ ।
जोशीले २०७२ सालमा गएको भूकम्पमा बढी प्रभावित जिल्लामा पुगेर राहत तथा पुनस्र्थापनाका लागि पहल गरेको थियो । संघले रगतको अभाव भएका बेला रक्तदानको समेत आयोजना गर्दै आएको छ । जोशीका अनुसार गत मंगलवार राती सिन्धुपाल्चोकमा गएको बाढीबाट प्रभावित नागरिकको लागि राहत सामग्री लिएर केही दिनमै जाने पनि जनाएका छन् । संघले कोरोना संक्रमणको यो बेलामा खाद्यान्नका साथै स्वास्थ्य सामग्री पनि वितरण गर्दै आएको छ ।



प्रतिक्रिया दिनुहोस !