१२ बैशाख २०८१, बुधबार

आज यी स्थानमा ‘भारी’ वर्षाको सम्भावना, सर्तक रहन आग्रह



काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा जारी छ । मनसुनी वायुकै प्रभावले आज देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १ र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भू-भागका केही स्थानहरुमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित भारी वर्षाको सम्भावना छ । राति प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र वाग्मती प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्टयाङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

 



प्रतिक्रिया दिनुहोस !