१६ चैत्र २०८०, शुक्रबार

महाकाली नदीले पार गर्‍यो सतर्कता तह, सर्तक रहन आग्रह



काठमाडौं । आज महाकाली नदीले सतर्कता तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभागले विहान साढे ६ बजेको मापन अनुसार महाकाली नदी पारीगाँउ जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको जनाएको छ ।

जल सतह सतर्कता तह पार गरिसकेको र बाढी बढिरहेकोले महाकाली नदी तल्लो तटीय क्षेत्रका बासिन्दालाई साँझसम्मै सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। केहि दिन देखिकोे निरन्तर बर्षाका कारण देशको अधिकांश भु-भाग डुबानमा परेको छ ।



प्रतिक्रिया दिनुहोस !