१४ बैशाख २०८१, शुक्रबार

निर्माणाधीन संसद भवनबाट खसेर एक युवकको मृत्यु



 

काठमाडौं । सिंहदरबारभित्र निर्माण भइरहेको संसद भवनबाट खसेर एक युवकको मृत्यु भएको छ ।

निर्माणाधिन भवनबाट शुक्रबार राति ११ बजे खसेर रसुवा नौकुण्ड गाउँपालिका–४ घर भई हाल सोही भवनमा बस्दै आएका १८ वर्षीयको युवक भीमा दोर्जेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा राति साढे ११ बजे उनको मृत्यु भएको हो ।

 

 

 



प्रतिक्रिया दिनुहोस !