११ बैशाख २०८१, मंगलवार

आज पनि मुलुकभर ‘भारी’ वर्षाको सम्भावना कायमै, सतर्क रहन आग्रह



काठमाडौं । मनसुनी वायुकै प्रभावले आज मुलुकका विभिन्न स्थानमा ‘भारी’ वर्षा र केही स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले पनि देशभर सामान्यदेखि पूर्णतया बदली रही प्रदेश १, प्रदेश २ र सुदूरपश्चिम प्रदेशको थोरै र बाँकी प्रदेशका एक-दुई स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो र राति प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका थोरै स्थान र बाँकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन चट्याङसहित भारी वर्षाको सम्भावना छ । यस्तै प्रदेश १, प्रदेश २ तथा वाग्मती प्रदेशका एकदुई स्थानमा ‘धेरै भारी’ वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सोमबार र मंगलबार पनि विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आह्वान गरेको छ ।



प्रतिक्रिया दिनुहोस !