१२ बैशाख २०८१, बुधबार

अझ खुकुलो पार्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी



काठमाडौं । अझ खुकुलो प्रावधानसहित काठमाडौं उपत्यकामा निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आज काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्न लागेको जनाएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने बताए

काठमाडौ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक-पटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !