१२ बैशाख २०८१, बुधबार

आज पनि घट्यो सुनको मूल्य, तोलाको कतिमा ?



 

काठमाडौं। नेपाली बजारमा आइतबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ ।

आज छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै, आज तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कारोबार भएको छ । शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० कारोबार भएको थियो । त्यसैगरि, तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो।

आज चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १२९० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला १३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो।



प्रतिक्रिया दिनुहोस !