२० बैशाख २०८१, बिहीबार

कोरोनाको जोखिम कायमै छ, विद्यालय पुनःसञ्चालन नगर्नु : काठमाडौं माहानगरपालिका



काठमाडौं । कोरोना भाइरसको महामारीको जोखिम अझै कम नभएको भन्दै काठमाडौं माहानगरपालिका कार्यलयले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई आग्रह गरेको छ । केही दिनअघि विज्ञसँगको छलफलमा काठमाडौं माहानगरपालिका कार्यलयले कम्तीमा पनि यही पुस एक महिना विद्यालय नखोल्न र वैकल्पिक अध्ययन अध्यापनको माध्यमलाई निरन्तरता दिन आग्रह गरेको छ । काठमाडौँ उपत्यकामा कोरोना सङ्क्रमण कुन अवस्थामा छ, यकिन छैन अहिले जाडो मौसम छ सामान्य अवस्थामा अहिले विद्यालय बन्द नै रहन्थे । यो मौसम भाइरस फैलिन उपयुक्त भएकाले पनि विद्यालय खोल्न हत्तारिनु हुँदैन छलफलमा विज्ञले सुझाव दिए ।

पछिल्लो समय पाँच हजारको परीक्षण गर्दा कम्तीमा पनि एक हजारमा भाइरस पोजेटिभ देखिएको भन्दै काठमाडौं माहानगरपालिका कार्यलयले तत्काल भौतिक सहभागितामा विद्यालय पुनःसञ्चालन नगरी वैकल्पिक माध्यमलाई नै निरन्तरता दिन सुझाएको हो । महामारी नियन्त्रण आइनसकेको अवस्थामा विद्यालयको शैक्षिक गतिविधि अगाडि बढाउन गत कात्तिक २० गते मन्त्रिस्तरीय निर्णयले विद्यालय सञ्चालन कार्यढाँचा २०७७ स्वीकृत गरी स्थानीय तहलाई जिम्मा दिएको थियो ।

यही निर्णयलाई आधार मान्दै सञ्चालनमा आएका केही विद्यालय पनि सङ्क्रमण देखिएपछि पुनः बन्द रहेको भन्दै कामपा शिक्षा विभागका प्रमुख नमराज ढकालले अहिले कोभिडको डर कम भए पनि सङ्क्रमणको खतरा कम नभएको बताए ।



प्रतिक्रिया दिनुहोस !