८ बैशाख २०८१, शनिबार

पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश



काठमाडौं । साविक विजेता पोर्चुगललाई हराउँदै बेल्जियम युरोकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । सोमबार बिहान सम्पन्न नकआउट चरणको खेलमा पोर्चुगललाई १(० गोलले हराउँदै बेल्जियम अन्तिम आठमा पुगेको हो ।

बेल्जियमलाई जित दिलाउन थोर्गन हाजार्डले निर्णायक गोल गरे । उनले ४२औँ मिनेटमा निर्णायक गोल गरेका हुन् । थोमस मुनिएरको पासमा उनले बक्स बाहिरबाट उत्कृष्ट गोल गरे । पोर्चुगलले भने पाएको मौकामा गोल निकाल्न सकेन ।

अब बेल्जियमले क्वाटरफाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ ।



प्रतिक्रिया दिनुहोस !