१६ चैत्र २०८०, शुक्रबार

यि हुन परीक्षै नलिई विद्यार्थी पास गराउने दुईजना उपप्राध्यापक, भयो यस्तो कारवाहीमा



काठमाडौ । मध्यपश्चिम विश्वविद्यालयले विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा अध्यापनरत दुई जना उपप्राध्यापकलाई बर्खास्त गरेको छ।
विश्वविद्यालयले मंगलबार पत्रकार सम्मेलन गर्दै विश्वविद्यालय इन्जिनियरिङ संकायतर्फको स्नातकोत्तर कार्यक्रम निर्देशक एवं स्थायी नियुक्त उपप्रध्यापक विश्वनाथ यादव र स्कुल अफ ल तर्फको करारमा अध्यापनरत उपप्राध्यापक सुजन पन्तलाई भविष्यमा विश्वविद्यालय सेवाका लागि अयोग्य नठहरिने गरी उपप्राध्यापक पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।

शैक्षिक मर्यादाविपरीत ‘अक्षम्य अपराध’ गरेको उनीहरुलाई भनिएको छ । यादवलाई परीक्षै नलिईआफुखुशी विद्यार्थीलाई नम्बर दिएको र पन्तलाई प्रश्नपत्र ‘आउट’ गरेको आरोपमा बर्खास्त गरिएको उपकुलपति प्रा।डा नन्दबहादुर सिंहले बताए ।

‘पन्तलाई यसअघि पनि ३ महिनाका लागि निलम्बन गरिएको थियो ।’ एक पटक गल्ती गरेर सजाय पाइसकेर पनि उनले आफ्नो बानी सुधारेनन् । पछिल्लो समय पन्तले दुईटा प्रश्नपत्र ‘आउट’ गरेको देखिए पछि निलम्बनको निर्णय गरिएको उनले बताए ।

निर्देशक यादवले विद्यार्थीको आन्तरिक मूल्यांकनको नम्बर विषय शिक्षकले पठाएको नभई मनलाग्दी रुपमा पठाएको विषयमा छानबिन समितिले निर्देशक यादव आर्थिक प्रलोभनमा परी यस्तो काम गरेको निष्कर्ष सहित दोषी भएको पुष्टि गरेको थियो।



प्रतिक्रिया दिनुहोस !