८ बैशाख २०८१, शनिबार

इंग्ल्याण्ड पहिलो पटक युरोकपको फाइनलमा



काठमाडौं । इंग्ल्याण्ड पहिलो पटक युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । युरोकप २०२० अन्तर्गत दोस्रो सेमिफाइनलमा डेनमार्कलाई अतिरिक्त समयमा २-१ ले पराजित गर्दै इंग्ल्याण्ड फाइनल पुगेको हो।

ठूलो प्रतियोगितामा इंग्ल्याण्ड ५५ वर्षपछि पहिलो पटक फाइनल पुगेको हो । यसअघि सन् १९९६ को विश्वकपमा इंग्ल्याण्डले फाइनल पुग्दै उपाधि जितेको थियो । इंग्ल्याण्डले अब उपाधिका लागि इटलीसँग आइतबार फाइनल खेल्नेछ ।

वेम्वलीमा बुधबार राति भएको खेलमा इंग्ल्याण्डले एक गोलले पछि परेको स्थिति उल्टाउँदै डेनमार्कविरुद्ध पुनरागमन जित हात पारेको हो ।

कप्तान ह्यारी केनले १०४औं मिनेटमा विजयी गोल गरे ।

त्यसअघि निर्धारित ९० मिनेटको खेल १-१ को बराबीमा सकिएपछि ३० मिनेटको अतिरिक्त समयम थप गरिएको थियो ।

खेलको ३०औं मिनेटमा मिकेल डाम्सगार्डले फ्रिकिकमा गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए । पहिले गोल गरेपछि डेनमार्कले अग्रतालाई कायम राख्न सकेन ।

३९औं मिनेटमा इंग्ल्याण्डले आत्मघाती गोल मद्दतमा खेल बराबरी गर्‍यो । इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा डेनमार्कका कप्तान सिमोन केयरले आफ्नै पोष्टमा गोल गरे ।

९० मिनेटको खेल बराबरी भएपछि अतिरिक्त समयमा केनले विजयी गोल गरे । पहिलो पटक फाइनल पुगेको इंग्ल्याण्डले उपाधिका लागि आइतबार इटलीसँग खेल्नेछ ।



प्रतिक्रिया दिनुहोस !