६ बैशाख २०८१, बिहीबार

कोरोनाका कारण रोकिएका परीक्षाहरु संचालन गर्दै प्रदेश लोकसेवा आयोग



मकवानपुर । बागमती प्रदेश लोक सेवा आयोग हेटौंडाले कोरोना संक्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु संचालन गर्ने सुचना जारी गरेको छ ।आयोगको असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।
प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना संक्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशासन सेवा, सहायक प्रशासन /लेखा/लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम तालिका प्रकाशन गरेको हो ।
पाँचौँ तह खुल्ला तर्फको स्वास्थ्यको एनेस्थेसिष्ट पदको परिक्षा पहिलो चरणको परिक्षा साउन ३० गते, चौथो तहका खुल्ला र समावेशी तर्फको प्रशासन सेवा, सहायक प्रशासन/लेखा/ लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम आगामी भदौ ४ गते दोस्रो पत्र र ५ गते तेस्रो पत्रको परीक्षाका कार्यक्रम संचालन हुने बागमती प्रदेश लोक सेवा आयोग परीक्षा सञ्चालन शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !