१३ बैशाख २०८१, बिहीबार

हिरासतमा रहेको व्यक्तिलाई छुटाइ दिन्छु भन्दै घुस लिने ३ जनाविरुद्ध मद्दा दायर



काठमाडौं । हिरासतमा रहेको व्यक्तिलाई धरौटीमा छुटाइ दिन्छु भनी ६० हजार रुपैयाँ घुस लिएको आरोपमा महानगरीय प्रहरी वृत्त नयाँवानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसहित ३ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मद्दा दायर गरेको छ ।

पक्राउ परेका प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठ, श्रेष्ठको लागि पैसा लिने अनिश जोशी र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्काविरुद्ध अख्तियारले बिहीवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण रिसालले लोकपथलाई जानकारी दिए ।

उनीहरुलाई गत फागुन २३ गते घुस रकम ६० हजार रुपैयाँसहित पक्राउ गरेको थियो । प्रहरी हवल्दार श्रेष्ठ र पैसा लिने अनिश जोशीसँग ६० हजार रुपैयाँ विगो र विमानस्थल भन्सार कार्यालयका कर्मचारी राम खड्कासँग ३० माग गरी अदालतमा मुद्दा दायर गरेका छौं । प्रवक्ता रिसालले बताए ।



प्रतिक्रिया दिनुहोस !