१२ बैशाख २०८१, बुधबार

काठमाडौं तापक्रम शून्य डिग्री सेल्सियसमा झर्‍यो: यस्तो छ देशभरको मौसम



काठमाडौं । आज काठमाडौंको न्यूनतम तापक्रम शून्य दशमलव ८ डिग्रीमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । काठमाडौं सहित देशभर चिसो बढेको छ । तराई क्षेत्रमा बाक्लो हुस्सुले जनजीवन प्रभावित बनेको छ ।

महाशाखाका अनुसार बुधबार काठमाडौंको न्यूनतम तापक्रम १ दशमलव १ डिग्री सेल्सियस थियो ।

काठमाडौं उपत्यकाको तापक्रम अबका केही दिन निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् बताएका छन् । ‘उपत्यकाको तापक्रम माइनसमा पुग्ने पूर्वानुमान गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको अधिकतम तापक्रम १६ दशमलव ६ डिग्री सेल्सियस छ ।

प्रदेश १ मा आंशिक बदली, लुम्बिनी, सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ८ दशमलव ५ डिग्री र सबैभन्दा धेरै विराटनगरको न्यूनतम तापक्रम ८ दशमलव २ डिग्री सेल्सियस छ ।



प्रतिक्रिया दिनुहोस !