१६ चैत्र २०८०, शुक्रबार

बालिका बलात्कार गर्ने परियार पक्राउ



 

पर्सा । १३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्साको ठोरी गाउँपालिका-५ सुवर्णपुर बस्ने ४८ वर्षीय सुनिलकुमार परियार रहेको प्रहरीले जनाएको छ ।

सुनिलकुमारले ती बालिकालाई गत असार २८ गते दिउँसो आफ्नै नाबालक छोराहरूसँग खेल्न आएको मौकामा कोठाभित्र लगेर जबरजस्ती करणी गरेको खुल्न आएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

 



प्रतिक्रिया दिनुहोस !