१२ बैशाख २०८१, बुधबार

आजको मौसम : चार प्रदेशमा भारी वर्षाको सम्भावना



काठमाडौं । आज देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज प्रदेश १, गण्डकी, लुम्बिनी तथा सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाको भनाई छ । साथै सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले बताएको छ ।

हाल मनसुनको न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ ।



प्रतिक्रिया दिनुहोस !