६ बैशाख २०८१, बिहीबार

बंगलादेशले जित्याे एकदिवसीय सिरिज



काठमाडौं । बंगलादेशले घरेलु टिम जिम्बावेविरुद्धको तीन खेलको एकदिवसीय सिरिज एक खेल अगाबै जितेको छ। हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा जिम्बावेलाई ३ विकेटले पराजित गर्दै बंगलादेशले सिरिज आफ्नो बनाएको हो।

जिम्बावेले दिएको २ सय ४१ रनको लक्ष्य बंगलादेशले ४९ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। बंगलादेशको जीतमा शकिब अल हसनले अविजित रहँदै ९६ रनको अर्धशतकीय इनिङ्स खेले । मोहमद सैफुदीन २८ रनमा अविजित रहे।

यस्तै लिटोन दास २१ रनमा आउट हुँदा कप्तान तमिम इकबाल २० रनमा आउट भए। जिम्बावेका लुक जङ्वीले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको जिम्बावेले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ४० रन बनाएको थियो।

जिम्बावेका लागि वेस्ली माधिभेरेले ५६ रनको अर्धशतकीय इनिङ्स खेले। यस्तै कप्तान ब्रेण्डन टेलरले ४६ रन जोड्दा डियोन मेयर्सले ३४ रन बनाए । शिकन्दर राजाले ३० रन बनाए भने रेगिस चाकबभा २६ रनमा आउट भए । बलिङमा बंगलादेशका शोरिफिल इस्लामले ४ विकेट लिए । शकिब अल हसनको नाममा २ विकेट रह्यो।



प्रतिक्रिया दिनुहोस !