११ बैशाख २०८१, मंगलवार

आज थप २ हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ८३३ जनाको पीसीआर परीक्षणबाट १ हजार ६४२ र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी जम्मा २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्यस्तै आज देशभरका विभिन्न अस्पतालबाट थप १ हजार २५८ जना कोरोना संक्रमित निको भएर विभिन्न अस्पतालबाट डिस्चार्ज भएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !