७ बैशाख २०८१, शुक्रबार

भारतमा घट्याे संक्रमण, २४ घण्टामा ३७४ जनाकाे मृत्यु



भारत,भारतमा पछिल्लाे २४ घण्टामा ३० हजार ९३ जना नयाँ काेराेना संक्रमित थपिएका छन्।

याे अवधिमा ४५ हजार २ सय ५४ जना संक्रमणमुक्त भएका छन् भने ३७४ जनाकाे मृत्यु भएकाे केन्द्रीय स्वास्थ्य मन्त्रालयले जानकारी दिएकाे छ।

अहिलेसम्म भारतमा काेराेना संक्रमित हुनेकाे संख्या ३ कराेड ११ लाख ७४ हजार ३२२ पुगेकाे छ।

ती मध्ये ३ कराेड ३ लाख ५३ हजार ७१० जना संक्रमणमुक्त भएका छन् भने ४ लाख १४ हजार ४ सय ८२ जनाकाे मृत्यु भएकाे सरकारी तथ्यांक छ।

अहिले भारतमा ४ लाख ६ हजार भन्दा धेरै सक्रिय संक्रमित छन्।

भारतले आफ्ना ४१ कराेड १८ लाख ४६ हजार भन्दा धेरै नागरिकलाई काेराेना भाइरसविरुद्धकाे खाेपकाे कम्तीमा पहिलाे मात्रा लगाइसकेकाे छ।



प्रतिक्रिया दिनुहोस !