१५ चैत्र २०८०, बिहीबार

‘नेपाल आइडल’ फेरि सुरु हुने



काठमाडौं । चर्चित गायन रियालिटी शो ‘नेपाल आइडल’को नयाँ सिजन फेरि सुरु हुने भएको छ । शोका निर्देशक सुरेश पौडेलले शोको नयाँ सिजन छिट्टै सुरु हुने जानकारी दिए ।

‘फ्रेन्चाइजको लागि हामीसँग ३ वर्षको मात्र अनुमति थियो । अहिले फेरि नयाँ सिजका लागि मौखित अनुमति मिलेको छ । लिखित प्राप्त हुनासाथ शो सुरु हुन्छ’ पौडेलले थपे ‘आशा गरौ छिट्टै हुनेछ ।

अब शुरु हुने सिजनमा जज भने फेरिनेछन् । यस अगाडि शोमा देखिदै आएका जजले अन्य शोमा काम गर्न थलिसकेकोले जर्ज फेरिने भएका हुन् । नयाँ जर्ज भएपनि नेपाली सांगीतिक क्षेत्रका स्थापित व्यक्तिहरू नै रहने निर्माण युनिटले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !