११ बैशाख २०८१, मंगलवार

सनराइज बैंकको नौलो सुरुवात, अब कार्ड बिनै एटीएमबाट पैसा झिक्न मिल्ने



 

काठमाडौं । सनराइज बैंकले अरु बैंक भन्दा पृथक खालको भुक्तानी सेवा ल्याएको छ । सनराइज बैंकले कार्डलेस भुक्तानी सेवा संचालनमा ल्याएको जनाएको छ । हालसम्म ग्राहकहरुले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी सेव प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्ने छन् ।

बैंकको सेवा अन्र्तगत ग्राहकहरुले आफ्नो सनराइज स्मार्ट प्लस (मोबाइल बैंकिङ्ग) प्रयोग गरी कार्डलेस विथड्रअल अप्सनमा गई आफूले भुक्तानी गर्न चाहेको रकम हाली सब्मिट गर्नुपर्नेछ । त्यसपछि ग्राहकको सम्बन्धित मोबाइल नम्बरमा ओटीपी कोड एसएमएस मार्फत आउने बैंकले जनाएको छ ।

बैंकको एटीएममा गई कार्डलेस विथड्रअल अप्सन रोजी एसएमएसमा आएको ओटीपी कोडको प्रयोग गरी सजिलै कार्ड बिना नै रकम झिक्न सक्नेछन् । यस प्रक्रियामा आएको ओटीपी कोड भने गोप्य र सुरक्षित राख्न अति आवश्यक रहेको बैंकले जनाएको छ ।

बैंकले आफ्नो ग्राहलाई लक्षित गरि सहज सेवा प्रधान गर्न कार्ड बिनानै पैसा झिक्न मिल्ने सुबिधा ल्याएको हो यो अरु बैंक भन्दा पृथक छ । सनराइज बैंकले यस अघि पनि मिस्डकलबाट बत्तिको बिल भुक्तानी, मोबाइल बिल भुक्तानी जस्ता सजिला र आधुनिक सेवाहरु प्रदान गर्दै आएको छ ।

 



प्रतिक्रिया दिनुहोस !