१४ बैशाख २०८१, शुक्रबार

सकियो नेपाल पक्षको स्थायी कमिटी बैठक, भयो यस्तो निर्णय



काठमाडौं । आज बसेको नेकपा एमालेको माधव नेपाल पक्षको स्थायी कमिटीको बैठक सकिएको छ । बैठकमा नेपाल पक्षले पार्टी एकता विरोधी कुनै पनि खालका गतिविधि नगर्न अध्यक्ष केपी शर्मा ओलीको गम्भिर ध्यानाकर्षण गराएको जनाएको छ ।

एकता वार्ता चलिरहेको र १० बूँदे सहमति बुझाएको अवस्थामा स्पष्टिकरण सोध्ने र वरिष्ठ नेता माधवकुमार नेपालविरुद्ध नारा जुलुस गर्ने एवम् पुत्ला जलाउने साथै संविधान र सर्वोच्च अदालतको फैसला अनुरुप आफ्नो विवेक प्रयोग गरेर विश्वासको मत दिने सांसदहरुलाई आतंकित पार्ने र उनीहरुविरुद्ध उत्तेजक गतिविधि र नाराबाजी गर्ने काम तत्काल रोकिनु पर्ने आजको बैठकमा छलफल भएको नेता रघुजी पन्तले जनाए ।

माधव नेपाल पक्षले अदालतको फैसला अनुसार आफ्ना पार्टीका २२ जना सांसदले स्व:विवेक प्रयोग गरी प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने अधिकार रहेको निष्कर्ष निकाल्दै यसै विषयलाई लिएर उनीहरुलाई स्पष्टिकरण सोध्ने काम गरेर पार्टीको एकतालाई भाँडने काम गर्न कुनै हालतमा नमिल्ने तर्क समेत गरेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !