७ बैशाख २०८१, शुक्रबार

फेरि कोरोनाको तेस्रो लहर आउन सक्ने भन्दै, जनस्वास्थ्यविद्हरुले सरकारलाई दिए १८ बुँदे सुझाव (सुझावसहित)



 

काठमाडौं । जनस्वास्थ्यविद्हरुले बुधबार सरकारलाई कोरोनाको तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएका छन्। १६ जना जनस्वास्थ्यविद्हरुले संयुक्त वक्तव्य जारी गर्दै नेपालमा कोभिड १९ महामारीको व्यवस्थापन र यसको तेस्रो लहरको तयारीका लागि प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष उक्त सुझाव पेश गरेका हुन् ।

जनस्वास्थ्यविद्हरुले हाल कोंरोंना पूर्णरुपमा नियन्त्रणमा नआएको भन्दै क्षेत्रीय परिस्थितिले गर्दा पनि केही महिनामै तेस्रो लहर आउने सम्भावना उच्च रहेको जनाएका हुन्।

विज्ञहरुले नेपालमा हाल पूर्ण खोप लगाउनेको संख्या ४ प्रतिशतभन्दा कम रहेको र नयाँ सरकारले सबैलाई पूर्ण रुपले खोप लगाउनुअघि नै अर्को लहरको सामना गर्नुपर्ने हुनाले सम्भावित तेस्रो लहरको तयारीका लागि १८ बुँदे सुझाव दिएको जनाएका छन्।

यस्तो छ सुझाव:

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab



प्रतिक्रिया दिनुहोस !