१३ बैशाख २०८१, बिहीबार

आज दिउँसो यी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह



काठमाडौं । आज देशभरको मौसम बदली भएको छ । मनसुन सक्रिय भएसँगै अहिले प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज वाग्मती, गण्डकी , लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको रहेको महाशाखाले जनाएको छ ।

यो क्रम शुक्रबारसम्म नै कायम रहने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !