६ बैशाख २०८१, बिहीबार

पोखरेलले माधव नेपाललाई दिए ‘गद्दार’को संज्ञा



काठमाडौं । नेकपा एमालेका नेता शंकर पोखरलले वरिष्ठ नेता माधव कुमार नेपाललाई गद्दारको संज्ञा दिएका छन् ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री समेत रहेका पोखरेलले नेता नेपालको नाम उल्लेख नगरी उनीप्रति लक्षित गरी गद्दारको संज्ञा दिएका हुन् । ‘अन्तर पार्टी संघर्षमा गुप्तरुपमा विरोधीलाई जिताएर आत्मसन्तुष्टि लिने कुरा अन्तरघात हो भने खुलेआम त्यसो गर्नु र गराउनु गद्दारी हो ।’–उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई माधव नेपालसहित एमालेका २२ जना सांसदले विश्वासको मत दिएपछि ओली पक्ष आक्रोशित बनेको छ । ओली पक्षले माधव नेपालका विरुद्ध निरन्तर विरोध समेत गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस !