११ बैशाख २०८१, मंगलवार

सुजिता मृत्यु प्रकरण : परिवारले दियो आत्महत्या दुरुत्साहनको जाहेरी



काठमाडौं – चितवन राप्ती – ३ की सुजिता भण्डारीको मृत्युको घटनामा परिवारले प्रहरीमा आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेका छन्।

असार २० गते मृत भेटिएकी भण्डारीलाई आत्महत्याका लागि दुरुत्साहन गरिएको भन्दै परिवारले आफन्त पर्ने एक युवकको नाम तोकेर आत्महत्या दुरुत्साहनको जाहेरी दिएका हुन् । मृतककी आमाले यसअघि छोरीको हत्या भएको हुनसक्ने भन्दै कसैको नाम नतोकी जाहेरी दिएकी थिइन्।

असार ११ गते बिहानबाट हराएकी सुजिताको अपहरण भएको भन्दै परिवारले प्रहरीमा जानकारी गराएकोमा असार २० गते ब्रह्मास्थान सामुदायिक वनको भिरको खोल्सोमा उनको शव भेटिएको थियो।



प्रतिक्रिया दिनुहोस !