११ बैशाख २०८१, मंगलवार

फेरि मनसुन सक्रिय, यी प्रदेशमा ‘भारी’ वर्षाको सम्भावना सतर्क रहन आग्रह



काठमाडौं । देशभर पुनःमनसुन सक्रिय भएको छ । मनसुन सक्रिय भएसँगै आज देशभरको मौसम बदली भएको छ ।

हाल देशको गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरुमा आंशिकदेखि सामान्य वदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका एक(दुई स्थानमा भने भारी वर्षाको सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । यो क्रम सोमबारसम्म नै कायम रहने महाशाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !