११ बैशाख २०८१, मंगलवार

राजनीतिक भेटवार्तामा सक्रिय देखिएका विप्लव महन्थ ठाकुरलाई भेटेर पुगे बादल निवास, के भयो त कुरा ?



काठमाडौं । पछिल्लो समय निकै राजनीतिक भेटवार्तामा सक्रिय नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पूर्व माओवादी नेता रामबहादुर थापा बादलसँग भेटवार्ता गरेका छन् ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरलाई भेटेपछि नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द रामबहादुर थापालाई भेट्न पुगेका ह्न्।

आज बादलको निवास नै पुगेर उनले बादलसँग भेटवार्ता गरेका थिए। भेटमा विप्लव समूहका नेताहरु खड्गबहादुर विश्वकर्मा र सन्तोष बुढामगर पनि सहभागी थिए ।

बादल र विप्लव विगतमा सँगै सशस्त्र युद्धमा सहभागी भएका थिए । तत्कालिन नेकपा माओवादीबाट मोहन वैद्य समूह अलग हुँदा बादल र विप्लव दुवैले वैद्यलाई साथ दिएका थिए । उनीहरुबीच भएको कुराकानीको विषय सार्वजनिक गरिएको छैन ।



प्रतिक्रिया दिनुहोस !