११ बैशाख २०८१, मंगलवार

किसान लघुवित्तले एफपीओ जारी गर्दै, अंकित दर कति ?



काठमाडौँ। किसान लघुवित्तले १२ लाख ९८ हजार २५९ कित्ता एफपीओ बिक्री गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा २५ रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता १२५ रुपैयाँमा एफपीओ बिक्री अनुमति मागेको हो ।

यसअघि कम्पनीले सर्वसाधारणतर्फ १५ लाख ७१ हजार कित्ता शेयर जारी गरेकोमा थप करिब १३ लाख कित्ता सेयर एफपीओ मार्फत बिक्री गर्न लागेको हो। कम्पनीमा संस्थापक शेयरधनीको हिस्सा ६० प्रतिशत र सर्वसाधारणको हिस्सा ४० प्रतिशत छ। संस्थापकतर्फ २३ लाख ५६ हजार कित्ता शेयर रहेको छ।

कम्पनीको शेयर दोस्रो बजारमा प्रतिकित्ता १७३२ रुपैयाँ किनबेच भइरहेको छ। पछिल्लो एक वर्षमा कम्पनीको शेयर मूल्य ६८३ रुपैयाँदेखि २०४२ रुपैयाँसम्म पुगेको थियो। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ।



प्रतिक्रिया दिनुहोस !