६ बैशाख २०८१, बिहीबार

आज कहाँ-कहाँ हुँदै छ भारी वर्षा ?



काठमाडौं । मनसुन सक्रिय भएसँगै हाल प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्णबदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ ।

आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै वाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

यता, काठमाडौंसहित देशका धेरै ठाउँमा वर्षा भइरहे पनि गर्मी बढेको छ । तापक्रमसँगै वायुमण्डलमा सापेक्षिक आद्रता बढ्दा गर्मी बढेको मौसमविद्ले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !