१२ बैशाख २०८१, बुधबार

धादिङमा सडेको अवस्थामा युवतीको शव फेला



काठमाडौं । धादिङमा बेपत्ता युवतीको शव भेटिएको छ । दश दिनदेखि बेपत्ता २० वर्षीया सम्झना रोकाको शव भेटिएको जनाइएको छ ।

गजुरी गाउँपालिका–८, पर्वाङस्थित जंगलमा २० वर्षीया रोकाको शव सडेको अवस्थामा फेला परेको जनाइएको छ ।

युवतीको मृत्युको कारण पोष्टमार्टम रिपोर्ट आएपछि मात्र खुल्ने प्रहरीले बताएको छ । शव उनको घरबाट ३ सय मिटरको दूरीमा रहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !