१२ बैशाख २०८१, बुधबार

पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्कर दुर्घटना



काठमाडौं । १२ हजार लिटर पेट्रोलियम पद्धार्थ बोकेरे अम्लेखगञ्जबाट सिस्नेरीका लागि छुटेको ट्याङ्कर दुर्घटना भएको छ ।

बास्ताकोटी आयल स्टोर्स सिस्नेरीको लागि ९ हजार लिटर डिजेल र ३ हजार लिटर पेट्रोल बोकेर त्रिभुवन राजपथ हुँदै कुन्छाल–कुलेखानीको बाटोबाट सिस्नेरी जादै गरेको ना ७ ख ५२१८ नम्बरको ट्याङ्कर थाहा नगरपालिका वडा नं. १ स्थित कुन्छाल पुलबाट खोल्सामा खसेको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ ।

दुर्घटनामा चालक र सहचालक सामान्य घाइते भएका छन् ।

घटनास्थलमा प्रहरी पुगेको तथा सम्भावित दुर्घटना नहोस् भनेर दमकल पनि पुगिसकेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !