१५ चैत्र २०८०, बिहीबार

चीनमा पुनः भेटिए कोरोनाका संक्रमित



काठमाडौं । कोरोना भाइरसको उद्गम स्थल चीनमा पछिल्लो समयमा नयाँ संक्रमितहरु भेटिने क्रम बढेको बताइएको छ । चीनमा आइतबार कोरोना भाइरसका ४० जना नयाँ संक्रमित भेटिएको नेशनल हेल्थ कमिसन शनिबार जानकारी दिएको छ । ती संक्रमितहरु चीन भित्रैबाट संक्रमणमा परेका पाइएको बताइएको छ ।

चीनको जाङ्सु र लियानिङमा ती संक्रमित पाइएको बताइएको छ । ती क्षेत्रहरुमा विगतका केही दिनदेखि निरन्तर रुपमा नयाँ नयाँ संक्रमितहरु देखिने गरेका छन् ।चीनभित्रै पनि संक्रमणका नयाँ घटना भएका ती अधिकारीहरुले जनाएका छन् । आइतबार मात्र चीनमा कोरोना भाइरसका यी संक्रमित भित्रैबाट देखिएका र अरु ३६ जना बाहिरबाट आएका नागरिकमा पाइएको छ ।

चीनको युनान प्रान्तमा देखिएका ती ३६ जना बाहिरबाट आएका नागरिक रहेका चिनियाँ अधिकारीहरुले जनाएका छन् ।स्थानीय नागरिकमै संक्रमण देखिएपछि नेशनल हेल्थ कमिसनले चिन्ता व्यक्त गरेको छ । सोही कारणले चीनले पछिल्लो समयमा कोरोनाको परीक्षणलाई तीव्रता दिएको छ ।

चीनले कोरोना निको भएका नागरिकहरुको पुनः स्वास्थ्य जाँच सुरु गरेको छ । यहाँ पछिल्ला हप्ताहरुमा हेलिङजाङ, हेइबेइ, संघाइमा पनि संक्रमित देखिएका छन् । त्यसैले चीनले विशेषगरी ती क्षेत्रहरुमा निको भएका बिरामीमाथि पनि नजर राख्न थालेको छ र उनीहरुको पुन ः स्वास्थ्य परीक्षण गर्ने काम केही महिना यतादेखि नै थालेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !