१४ बैशाख २०८१, शुक्रबार

सभापति देउवालाई क्रियाशील सदस्यता प्रतिवेदन हस्तान्तरण,कति जिल्लामा सुल्टियन अझै विवाद ?



काठमाडौं । विवादित बन्दै आएको नेपाली कांग्रेसको क्रियाशील सदस्यताबारे छानविन गर्न गठित समितिले आज पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन हस्तान्तरण गरेको छ। नेता रमेश लेखकको संयोजकत्वमा गठित समितिले आज पदाधिकारी बैठकमा प्रतिवेदन हस्तान्तरण गरेको हो। प्रधानमन्त्री देउवाको निवास बुढानीलकण्ठमा आज कांग्रेसका पदाधिकारी तथा पूर्व पदाधिकारीहरूको बैठक बसिरहेको छ।

१४ औं महाधिवेशनको कार्यतालिकाबारे बैठकमा छलफल हुने पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद नेपाली कांग्रेसभित्र नियमित आकस्मिकता नै हुँदै आएको छ। पार्टीको सबैभन्दा तल्लो तहमा क्रियाशील सदस्यतना टुङ्गो नलाग्दा अधिवेशनको मिति तय हुन सकेको छ। क्रियाशील सदस्यताकै विषयलाई लिएर आन्दोलनदेखि अनशनसम्मका गतिविधिहरु कांग्रेसभित्र जारी छ।

प्रतिवेदनले चार जिल्लामा कायम विवादका विषय सुल्ट्याउन सकेको छैन। बुझाइएको प्रतिवेदनमा छानविन समितिका सदस्य कल्याण गुरुङले नोट अफ डिसेन्ट लेखेका छन्। उनको फरक मतले पनि कांग्रेसको क्रियाशील सदस्यता विवाद कति जटिल मोडमा छ भन्ने बुझ्न सकिन्छ। साथै यसले पार्टीको महाधिवेशनलाई अनिश्चिततातर्फ धकेलेको पनि आंकलन गर्न सकिन्छ। कांग्रेसभित्र क्रियाशील सदस्यको संख्या नै ८ लाखभन्दा माथि नाघेको छ भने ४ लाखभन्दा धेरै त नयाँ सदस्यमात्र रहेको छ। यो समितिले धनुषा, सर्लाही, बारा र सप्तरी जिल्लामा विवादित भएको क्रियाशील सदस्यताको विषयलाई भने टुङ्गो लगाउन सकेको छैन।

प्रतिवेदनका अनुसार कांग्रेसको कूल क्रियाशील सदस्य संख्या ८ लाख ५२ हजार ७ सय ११ पुगेको छ। यीमध्ये ४ लाख ४३ हजार ६ सय ७८ पुराना तथा ४ लाख ९ हजार ३३ जना नयाँ रहेका छन्। क्रियाशील सदस्यमध्ये ७४ प्रतिशत पुरुष रहेको प्रतिवेदनमा उल्लेख छ।



प्रतिक्रिया दिनुहोस !