१४ बैशाख २०८१, शुक्रबार

घट्यो सुनको मुल्य, तोलाको कती?



काठमाडौँ।आज सुनको मूल्य घटेको छ । साताको तेस्रो दिन सुन तोलामा तीन सय रुपैयाँले घटेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज छापावाल सुन ९१ हजार ८०० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।

त्यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ कायम भएको छ ।सोमबार छापावाल सुन प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी १ हजार २७० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !